कोशी सरकारविरुद्धको रिट न्यायाधीश हरि फुयाँलको इजलासमा

हिमाल प्रेस २८ वैशाख २०८१ ११:३८
36
SHARES
कोशी सरकारविरुद्धको रिट न्यायाधीश हरि फुयाँलको इजलासमा कोशी सरकारका मुख्यमन्त्री हिक्मत कार्की।

काठमाडौँ- कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङविरुद्धको रिट आज सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको इजलासमा परेको छ ।

संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका केदार कार्कीले राजीनामा वा विश्वासको मत लिनुपर्ने भन्दै प्रदेशसभाबाट संकल्प प्रस्ताव पारित गरी त्यसकै आधारमा प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको थियो । प्रदेश प्रमुखले बिहीबार नेकपा (एमाले) कोशी संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । बिहीबार नै उनले शपथ लिइसकेका छन् ।

कांग्रेसका कार्कीले भने पदबाट हटाउने विधि पूरा नहुँदासम्म आफू नै मुख्यमन्त्री रहेको जिकिर गरेका छन् । उनले प्रदेश प्रमुखको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरिदिन माग गरेका छन् ।

उनले पदीय आचरण र संवैधानिक जिम्मेवारीविपरीतका काम गरेको भन्दै प्रदेश प्रमुख खापुङलाई पनि पदमुक्त गर्ने आदेश माग गरेका छन् ।

प्रकाशित: २८ वैशाख २०८१ ११:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =