रास्वपाका सांसद ढाकाकुमारलाई २४ घण्टे स्पष्टीकरण

हिमाल प्रेस २६ चैत २०७९ १७:०३
18
SHARES
रास्वपाका सांसद ढाकाकुमारलाई २४ घण्टे स्पष्टीकरण ढाकाकुमार श्रेष्ठ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई २४ घन्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडिओ सार्वजनिक भएपछि आज बसेको पार्टीको पदाधिकारी बैठकले स्पष्टीकरण सोधेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

स्वास्थ्यमन्त्री बनाउनका लागि दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ। रास्वपाले छानबिन पूरा नभएसम्मका लागि उनको सांसद तथा पार्टीको साधारण सदस्यको रुपमा काम गर्न नपाउनेसमेत निर्देशन दिइएको ढकालले बताएका छन्।

दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाका सांसद श्रेष्ठ निलम्बनमा [अडियोसहित]

 

प्रकाशित: २६ चैत २०७९ १७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + fourteen =