दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाका सांसद श्रेष्ठ निलम्बनमा [अडियोसहित]

हिमाल प्रेस २६ चैत २०७९ १४:१३
66
SHARES
दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाका सांसद श्रेष्ठ निलम्बनमा [अडियोसहित]

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद निलम्बनमा परेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि पार्टीले अनुसन्धानका लागि उनलाई निलम्बन गरेको हो।

‘ढाकाकुमार सरमाथि प्रश्न उठेपछि पार्टीले उहाँलाई स्पष्टीकरण सोधेको छ,’ पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले हिमालप्रेससँग भने, ‘पैसा लिएर कसैलाई मन्त्री बनाउने हाम्रो पार्टीको नीति नै छैन। यसबारे सात दिनभित्र पार्टीको अनुशासन आयोगमा जवाफ पेस गर्न भनिएको छ।’

बुर्लाकोटीका अनुसार श्रेष्ठलाई पार्टी र संसदीय गतिविधिमा संलग्न हुन नपाउने गरी निलम्बन गरिएको हो।

श्रेष्ठले गत पुस दोस्रो सातातिर मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड रकम मागेको अडियो सार्वजनिक भएको छ।

उनी समानुपातिक सांसद हुन्। पार्टीले निलम्बन गरेपपछि अब उनको सांसद पद पनि निलम्बन हुन सक्छ। तर रास्वपाले बनाएको छानबिन समितिले प्रतिवेदन बुझाएपछि सो प्रक्रिया सुरु गर्ने उनले जानकारी दिए।

अडियोमा रास्वपाकी अर्की सांसद तोसीमा कार्कीलगायतले थाहा पाए के हुने भन्नेबारे प्रसाईंले प्रश्न गरेका छन्। जवाफमा सांसद श्रेष्ठले कसैले केही गर्न नसक्ने बताएका छन्।

त्यस्तै उक्त रकम रविसम्म पुग्ने नपुग्नेबारे पनि प्रसाईंले प्रश्न गरेका छन्। जवाफमा रविलाई पुग्ने भन्दा पनि रविका नजिकका दुई जनासम्म पुग्ने बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 7 =