वैदेशिक रोजगारीमा ज्यान गुमाएकाको बिमामा ठगी : रोजगार बोर्डका सुब्बा र बिमा कम्पनीका अधिकृत पक्राउ

हिमाल प्रेस २६ चैत २०७९ १६:५४
6
SHARES
वैदेशिक रोजगारीमा ज्यान गुमाएकाको बिमामा  ठगी : रोजगार बोर्डका सुब्बा र बिमा कम्पनीका अधिकृत पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीक्रममा विदेशमा मृत्यु भएकाहरूको परिवारले पाउने बिमा रकममा ठगी गर्ने गिरोहका थप दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नायव सुब्बा (कम्प्युटर अपरेटर) पशुपति अधिकारी र सूर्यज्योति जीवन बिमा कम्पनीमा कार्यरत जुनियर अधिकृत उमेश बुढाथोकी छन्।

यसअघि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै मृत्यु बिमा वापत ठगी गरेको भन्दै बैदेशिक रोजगार बोर्डका एक कर्मचारीसहितको गिरोहलाई पक्राउ गरिएको जानकारी दिएको थियो।

पक्राउ परेकाहरूले विदेशमा मृत्यु भएकाहरूको परिवारलाई सहज रुपमा बिमा बापतको रकम उपलब्ध गराइदिने भन्दै बिमा रकम प्राप्त भएपछि आधा मात्रै परिवारलाई बुझाउने गरेको पाइएको प्रहरीले जनाएको छ।

त्यस्तै बिमा रकम प्राप्तीका लागि सेटिङ गराएबापत बैदेशिक रोजगार बोर्डका एक कर्मचारीले पनि कमिशन लिने गरिएको खुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए।

पक्राउ पर्नेमा एक सरकारी कर्मचारीसहित काभ्रेका रामबहादुर तामाङ, सर्लाहीका विनोदकुमार लामा, डिकबहादुर मल्ल, रविन भन्ने रविन्द्र मोक्तान, प्रकाशबहादुर गोले र रुद्रमान गोले रहेका छन्। पक्राउ परेकाहरूबाट नागरिकता, राहदानी, मृत्यु दर्ता लगाएतका कागजात बरामद भएको प्रहरीले जनाएको छ। बिमा रकममा ठगी गर्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: २६ चैत २०७९ १६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =