‍मुकुन्द न्यौपानेले छाडे नेकपा एस, एमाले फर्किने संकेत

हिमाल प्रेस २५ चैत २०७९ १४:४४
4
SHARES
‍मुकुन्द न्यौपानेले छाडे नेकपा एस, एमाले फर्किने संकेत

काठमाडौँ– नेकपा एकीकृत समाजवादी (नेकपा एस)का वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन्। नेकपा एसमा कम्युनिस्ट चरित्र सकिएर दक्षिणपन्थीको सेवक मात्र बनेको र जति खाए पनि नभरिने नेताहरूको चरित्र देखिएको भन्दै उनले सो पार्टी परित्यागको घोषणा गरेका हुन्।

०७८ भदौमा पार्टी दर्ता गर्दा माधव नेपाल र झलनाथ खनालपछिको वरीयतामा रहेका न्यौपानेले शनिबार पत्रकार सम्मेलनमार्फत पुनः विद्रोहको घोषणा गरेका हुन्। उनले आफूले केन्द्रीय कमिटी बैठकमा ३३ बुँदे फरक मत राखेर छलफलको माग राखे पनि छलफल नगरिएकाले पार्टीमा विद्रोह गर्ने अवस्थामा पुगेको बताए।

‘भविष्य नभएको पार्टीको नेता हुनुभन्दा सम्मानित नागरिक भएर जिउने भन्दै पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएको,’ उनले बताएका छन्। उनले सांसद बन्नकै लागि राजनीति गर्ने र पार्टीको नीतिभन्दा पनि मन्त्री बन्नका लागि मरिहत्ते गर्ने परिपाटी मौलाएको जनाएका छन्।

एमाले विभाजनका बेला वरिष्ठ नेता माधव नेपाललाई साथ दिएका न्यौपाने नेकपा एस गठन भएको २० महिनापछि पुन: एमालेमै फर्किने बुझिएको छ। पार्टी नेतृत्वसँग असन्तुष्ट नेता न्यौपाने पछिल्लो समय एमाले नेताहरूसँग छलफल गर्दै आएका छन्।

हालै पार्टी परित्याग गरेका उपाध्यक्ष केदार न्यौपाने र चुडामणि जंगली पनि एमाले नेताहरूसँग छलफलमा छन्।

प्रकाशित: २५ चैत २०७९ १४:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − two =