संसद्‌ भवनअगाडि अर्का व्यक्तिको पनि आत्मदाहको प्रयास

हिमाल प्रेस २४ चैत २०७९ १८:०६
46
SHARES
संसद्‌ भवनअगाडि अर्का व्यक्तिको पनि आत्मदाहको प्रयास संसद्‌ भवन

काठमाडौँ- संघीय संसद्‌ भवनअगाडि अर्का एक व्यक्तिले आत्मदाह प्रयास गरेका छन्। केहीबेरअघि नयाँबानेश्वरस्थित संसद्‌ भवनअगाडि एक व्यक्तिले आत्मदाहको प्रयास गरेको काठमाडौँ प्रहरी परिसरका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।

शरीरमा आगो लगाएर जल्न खोजेका ती व्यक्तिलाई प्रहरीले तत्कालै जोगाएको उनको भनाइ छ। उनको परिचय खुलिसकेको छैन। उनले के कारणले आत्मदाहको प्रयास गरे भन्नेबारे पनि खुलिनसकेको कार्कीको भनाइ छ।

यसअघि माघ १० गते इलामका प्रेमप्रसाद आचार्यले पनि संसद्‌ भवनअगाडि नै आत्मदाह गरेका थिए। उनले शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको थियो।

संसद् भवन अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास

 

संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको उपचारका क्रममा मृत्यु

 

प्रकाशित: २४ चैत २०७९ १८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 6 =