गोरखा पुगेर प्रचण्डले स्वीकारे : सय दिन उतारचढावमा बित्यो, अब कामले गति लिनेछ

हिमाल प्रेस २४ चैत २०७९ १७:४८
18
SHARES
गोरखा पुगेर प्रचण्डले स्वीकारे : सय दिन उतारचढावमा बित्यो, अब कामले गति लिनेछ

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकालको सय दिन सकिए पनि उल्लेख्य काम गर्न नसकेको स्वीकार गरेका छन्। गोरखा जिल्ला अस्पताल गोरखाको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्नेक्रममा सय दिन राजनीतिक उतारचढावमा बितेको बताएका हुन्।

‘सरकारले सय दिन बिताइसक्यो। यो सय दिन राजतीनिक हिसाबले उतारचढावमय रह्यो’ उनले भने।

उनले कांग्रेससँगको गठबन्धन राम्रो रहेको प्रतिक्रिया पनि दिए। उनले सरकारले पूर्णता पाइसकेकोले अब देश विकासको कामले गति लिने दाबी गरे। गोरखाको विकासका लागि आफूले सक्ने जति काम गर्ने उनको प्रतिवद्धता छ।

‘यहीँ तपाईंहरूले निर्वाचित गरेको जनप्रतिनिधि प्रधानमन्त्री हुने, यहीबाट निर्वाचित नेता उपप्रधानमन्त्री एवं गृहमन्त्री हुने, यहीबाट निर्वाचित जनप्रतिनिधि अव सायद केही समयमा मुख्यमन्त्री हुने,’ उनले भने, ‘यति हुँदा पनि अब काम भएन भने जनतामा निराशापन आउँछ, त्यसैले हामी निर्वाचित जनप्रतिनिधिका लागी चुनौतीको अवसर हो यसलाई हामीले सदुपयोग गर्नुपर्छ।’

प्रकाशित: २४ चैत २०७९ १७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =