‍अन्तर्राष्ट्रिय पिस म्याराथनमा नेपाली सेनाका भाट प्रथम

हिमाल प्रेस २३ चैत २०७९ १७:४६
6
SHARES
‍अन्तर्राष्ट्रिय पिस म्याराथनमा नेपाली सेनाका भाट प्रथम

लुम्बिनी– प्रदेश खेलकुद परिषद् लुम्बिनी तथा नेपाल ओलम्पिक कमिटीको संयुक्त आयोजनामा लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन सम्पन्न भएको छ।

अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवसको अवसरमा बिहीबार लुम्बिनीमा अन्तर्राष्ट्रिय पिस म्याराथन-२०२३ भएको हो। म्याराथनमा नेपाली सेनाका खगेन्द्र भाट प्रथम भएका छन्। उनले २ घण्टा ४० मिनेट ५७ सेकेन्ड लगाएका थिए।

२ घण्टा ४२ मिनेट ०१ सेकेन्ड लिँदै नेपाल प्रहरीका करण खडका दोश्रो तथा २ घण्टा ४४ मिनेट २५ सेकेन्ड समय लिँदै श्रीलंकाली धावक अमिला सानाथ तेश्रो भएका छन्।

खेलकुदको माध्यमबाट लुम्बिनीको प्रवर्द्धनमा टेवा पुग्ने लक्ष्यसहित २ सय ७ राष्ट्रका खेलाडी तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको ओलम्पिक कमिटी महासचिव नीलेन्द्रराज श्रेष्ठले बताए। म्याराथन कपिलवस्तुको तिलौराकोट दरबारबाट बिहिबार बिहान सवा ८ बजे सुरु भई लुम्बिनीको शान्तीदीपस्थित गेटअगाडि आई पूरा भएको थियो।

प्रतियोगितामा ३३ पुरुष धावक सहभागी भएको उनले बताए। म्याराथनमा प्रथमले १ लाख, द्वितीयले ५० हजार र तृतीय हुनेले २५ हजार नगद राशि प्राप्त गरेको लुम्बिनी खेलकुद परिषद्‍ सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =