एनएसजेएफलाई एआईपीएस एसिया अवार्ड

हिमाल प्रेस २६ वैशाख २०८० १६:१०
12
SHARES
एनएसजेएफलाई एआईपीएस एसिया अवार्ड

दक्षिण कोरिया– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले ‘एआईपीएस एसिया बेस्ट स्पोर्ट्स मिडिया एसोसिएसन अफ द इयर’ अवार्ड प्राप्त गरेको छ। एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)ले मंगलबार एनएसजेएफलाई उक्त अवार्ड प्रदान गरेको हो।

दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एआईपीएस एसियाको २४औं कंग्रेस दौरान एनएसजेएफलाई अवार्ड प्रदान गरिएको हो।

एआईपीएस एसियाका अध्यक्ष हि डोन जुङले एनएसजेएफका महासचिव प्रज्वल ओलीलाई अवार्ड प्रदान गरे। अवार्ड वितरण समारोहमा एनएसजेएफका केन्द्रीय सदस्य निशान राई र एआईपीएस एसियाका कोषाध्यक्षसमेत रहेका एनएसजेएफका पूर्व अध्यक्ष निरञ्जन राजवंशीको उपस्थिति रहेको थियो।

व्यवसायिक खेलकुद पत्रकारिताको प्रवर्द्धन र पत्रकारिताको माध्यमबाट खेलकुदको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै एनएसजेएफलाई अवार्ड प्रदान गरिएको एआईपीएस एसियाले जनाएको छ।

‘हाम्रो एआइपीएस एसियाका सदस्य राष्ट्रमध्ये एनएसजेएफ सबैभन्दा सक्रिय संस्था हो। हामीलाई प्राप्त जानकारीअनुसार खेलकुद पत्रकारिता र खेलकुद पत्रकारहरूको वृतिविकासको लागि एनएसजेएफले वर्षभरि विभिन्न कार्यक्रम गर्दै आएको छ। म बधाई दिन चाहन्छु,’ अवार्ड प्रदान गरेपछि अध्यक्ष जुङले भने।

एनएसजेएफ नेपाली खेलकुद पत्रकारहरूको छाता संगठन हो। एनएसजेएफले हरेक वर्ष एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको साथै खेलकुद पत्रकारहरूको वृतिविकासको लागि विभिन्न कार्यक्रम गर्दै आएको छ।

यस्तै बंगलादेश स्पोर्ट्स प्रेस युनियनले समेत ‘एआइपीएस बेस्ट स्पोर्ट्स मिडिया एसोसिएसन अफ द इयर’ अवार्ड प्राप्त गरेको छ। एआइपीएस एसियाका पूर्व अध्यक्ष ग्याप चुल पार्क, पूर्व सदस्य मानुचोर जान्दी र युसुफ बर्जाबीलाई एआइपीएस लिजेन्ड अफ एसिया अवार्ड प्रदान गरिएको छ।

फिफा विश्वकप आयोजक कतारले बेस्ट अर्गनाइजर अवार्ड तथा बेस्ट सपोर्टर अवार्ड साउदी अरेबियाले प्राप्त गरेको छ। हि डोन जुङलाई बेस्ट एआइपीएस प्रेसिडेन्ट प्रदान गरिएको छ।
त्यस्तै कंग्रेस दौरान एआइपीएस एसियाका कोषाध्यक्ष राजवंशी र महासचिव अमजद अजिज मल्लिकले पेस गरेको वार्षिक प्रतिवेदन पारित गरेको थियो।

प्रकाशित: २६ वैशाख २०८० १६:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =