कर्णाली प्रदेश रंगशाला निर्माणको प्रगति विवरण सार्वजनिक

हिमाल प्रेस २४ असार २०८० १४:१५
8
SHARES
कर्णाली प्रदेश रंगशाला निर्माणको प्रगति विवरण सार्वजनिक

सुर्खेत– कर्णाली प्रदेश गौरव आयोजनाको निर्माणाधीन प्रदेश रंगशालाको भौतिक प्रगति ६० प्रतिशत भएको छ।

रंगशाला निर्माण प्रगतिबारे जानकारी दिन आइतबार कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो।

प्रगति विवरण सार्वजनिक गर्दै खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्जाला निर्माणको भौतिक प्रगति ६० प्रतिशत र वित्तीय प्रगति ४६ प्रतिशत भएको जानकारी दिए।

रंगशालामा थ्री डी एनिमेसन दर्शक प्याराफिटमा ४ हजार कुर्सी जडानको कार्य सकिएको, फिनिसिङ र छाना निर्माणको कार्य बाँकी रहेको उनले बताए।

आर्थिक वर्ष ०७९/८० को असार २३ गतेसम्म ६४ करोड ७९ लाख रुपैयाँ खर्च भएको र आगामी वर्ष प्रदेश खेलकुदअन्तर्गत १ अर्ब १९ लाख ७६ हजार विनियोजन भएको उनको भनाइ छ।

प्रदेश रंगशाला निर्माणमा ८५ करोड, हुम्ला हक्की खेल मैदानका लागि ५० लाख, कालीकोट कवर्ड हल निर्माणमा ६० लाख, दशौं राष्ट्रिय खेलकुद लक्षित विभिन्न खेल मैदानमा मर्मत सम्भारका लागि २ करोड, चिसापानी खेल मैदान निर्माण सुर्खेतमा २४ लाख, मैनतडा खेल पूर्वाधार निर्माण सुर्खेतमा १८ लाख, विनियोजन गरिएको पनि उनले जनाए।

यस्तै चौरहजारी क्रिकेट मैदान निर्माण रुकुम पश्चिम ६० लाख, कालिन्चोक खेल मैदान निर्माण सुर्खेत २५ लाख, जिल्ला स्तरीय खेलकुद मैदान निर्माण २ करोड, कुदु रंगशाला निर्माण जाजरकोट १५ लाख, दशौं राष्ट्रिय खेलकुद तयारीको लागि ७० लाख, प्रदेशस्तरीय टिम तयारी तथा प्रशिक्षणको लागी जम्मा ४ करोड ७० लाख मुख्यमन्त्री कप जिल्ला र प्रदेश स्तरमा १ करोड १० लाख विनियोजन गरिएको उनले उल्लेख गरे।

अहिले कबर्ड हलको छानाबाहेक फिनिसिङ भइरहेको र पौडी पोखरी, व्यावसायिक सटर, गेट निर्माण कार्यको सिभिल स्टकचर कार्य सम्पन्न हुने चरणमा रहेको उनले बताए।

फुटबल मैदानमा दुबो लगाई स्तरन्नोतिको काम भइरहेको, एथलेटिक्स ट्र्याकको सब बेस र नाली निर्माण कार्य सम्पन्न, रुख रोप्ने, हरियाली गर्ने कार्य भइरहेको छ।

निर्माणाधीन रंगशालाको कार्य तोकिएको समयभित्र सम्पन्न गर्ने गरी तालिकाअनुसार नै कार्य प्रगति भएको खेलकुद विकास परिषद्ले जनाएको छ।

उक्त रंगशाला निर्माण कार्यमा हालसम्म ६५ करोड ८५ लाख खर्च भएको बताइएको छ।

कर्णालीका अन्य जिल्लाहरूमा पूर्वाधार निर्माणअन्तर्गत जुम्लाको राजा सिम खेलमैदानमा माटो भरान र लेभलिङ गर्ने कार्यमा ५० लाखमा लागतमा निर्माण कार्य सम्पन्न भएको छ।

यस्तै रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पातिहाल्नेमा क्रिकेट खेलमैदानको निर्माण कार्यका लागि ९४ लाख १७ हजार रुपैयाँ खर्च भएको परिषद्ले जनाएको छ।

प्रकाशित: २४ असार २०८० १४:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 12 =