सरकारलाई ज्ञानेन्द्र शाहीको प्रश्न : प्रहरीले सेवाअवधि १६ वर्षमा झारिदेऊ किन भनेका छन् थाहा छ?

हिमाल प्रेस २३ चैत २०७९ १३:४०
4.6k
SHARES
सरकारलाई ज्ञानेन्द्र शाहीको प्रश्न : प्रहरीले सेवाअवधि १६ वर्षमा झारिदेऊ किन भनेका छन् थाहा छ?

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपाल प्रहरीको सेवाअवधिको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बिहीबारको  बैठकमा बोल्दै शाहीले यसबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘राष्ट्रको सुरक्षाकर्मी २० वर्ष बढी भयो १६ वर्षमा झारिदेऊ भन्छन्। उनीहरूले यसो किन भनिरहेका छन् थाहा छ?,’ उनले भने, ‘यहाँबाट निस्किएर दुबई, कतार गएर परिवार पाल्न पर्‍यो भन्छन्। म यहाँ प्रधानमन्त्री मन्त्रीहरूलाई सोध्न चाहन्छु। यो राष्ट्रमा सुरक्षाकर्मी नै आर्थिक रूपमा सुरक्षित छैन त अरू कसरी हुन्छन्।’

उनले विदेशीसँग ऋण लिइरहने, युवाहरू विदेश गइरहने? भन्दै प्रश्न पनि गरे।’विदेशीसँग ऋण लिएको लियै गर्ने युवाहरू विदेश गइरहने? पैसा कहाँ गयो? प्रधानमन्त्री/पूर्वप्रधानमन्त्रीले जवाफ दिनुपर्छ’ उनले भने।

त्यस्तै उनले देशमा संघीयता आवश्यकता नभएको पनि टिप्पणी गरेका छन्। प्रदेश सरकार कार्यकर्ता भर्तीकेन्द्र बनेको पनि उनको भनाइ छ।

‘पहिचान र देश ठूलो भए प्रदेश चाहिन्छ। तर यो देशमा कार्यकर्ता भर्ति गर्ने, कहिँ नअटाएका कार्यकर्तालाई सांसद बनाउन बनाइयो’ उनले भने।

प्रकाशित: २३ चैत २०७९ १३:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =