माओवादीले गल्ती स्वीकार्दै भन्यो : प्रदेश १ को नाम ‘कोशी’ मान्न सकिँदैन

हिमाल प्रेस २२ चैत २०७९ १७:५५
16
SHARES
माओवादीले गल्ती स्वीकार्दै भन्यो : प्रदेश १ को नाम ‘कोशी’ मान्न सकिँदैन फाइल तस्बिर

काठमाडौँ– नेकपा माओवादी केन्द्रले कोशी प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्ने भन्दै भइरहेको आन्दोलनको पक्षमा रहेको जनाएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी पदाधिकारी बैठकले कोशी नामारण गरिएको विषयमा भइरहेको आन्दोलनको विषयमा धारणा तय गर्दै पार्टी पहिचानकै आधारमा प्रदेशको नामकरण हुनुपर्ने पक्षमा रहेको निर्णय गरेको हो।

बैठकपछि माओवादी प्रवक्ता कृष्ण बहादुर महराले प्रदेशको नाम पहिचानका आधारमा राख्नका लागि माओवादीबाट कमजोरी भएको र पार्टी पहिचानकै पक्षमा रहेको स्पष्ट पारे।

उनले प्रदेशको नामकरण गर्ने अधिकार प्रदेशसभालाई रहे पनि माओवादी पहिचानकै आधारमा प्रदेशको नामकरणको पक्षमा रहेको बताए।

बैठकले प्रदेश नामकरणका बिषयमा भएको आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्दै उचित राहत दिन सरकारसँग आग्रह गर्ने निर्णय गरेको प्रवक्ता महराले बताए। त्यस्तै बैठकले मिटरब्याजी पीडितहरूको पक्षमा माओवादी रहेकोले सरकारले छानबिन गरेर वार्ताका माध्यमबाट समस्या हल गर्नुपर्ने निष्कर्ष निकालेको उनले बताए।

 कोशीमा आन्दोलनको क्रममा निधन भएकाहरूलाई सहिद घोषणा गर्न र राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको उनले बताए।

‘पूर्वमा कोशी प्रदेश नामाकरण भयो। त्यस विषयमा आन्दोलन उठिरहेको छ। त्यसमा हाम्रो पार्टीप्रति के हो अडान भन्ने प्रश्न उठेको पाइयो। हाम्रो पार्टी स्पष्टसँग पहिचानकै पक्षमा छ,’ उनले भने, ‘पहिचानकै पक्षमा अडान राख्नुपर्थ्यो। त्यतिखेर अलिकति कमजोरी भएको छ। अब प्रदेश कमिटीलाई हामीले पहिचानकै पक्षमा छौँ भन्नेकुरा रिजर्भेसन राख्ने कुरा भएको छ।’

आजको बैठकमा मिटरब्याजपीडितहरूको आन्दोलनको विषयमा पनि छलफल भएको छ। ‘मिटरब्याजीहरूको आन्दोलन चलिरहेको छ त्यो विषयमा हामी मिटरब्याजी पीडितहरूकै पक्षमा छौँ भन्ने कुरा सरकारले छानबिन गर्नुपर्छ, अध्ययन गर्नुपर्छ, वार्ता, सम्वादबाट समस्याको हल खोज्नुपर्छ’ उनले भने।

प्रकाशित: २२ चैत २०७९ १७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =