जानकी आँखा अस्पताललाई एनएमबि बैंकको सहयोग

हिमाल प्रेस २२ चैत २०७९ १६:५४
2
SHARE
जानकी आँखा अस्पताललाई एनएमबि बैंकको सहयोग

काठमाडौँ- एनएमबि बैंकले जनकपुरधामको जानकी आँखा अस्पताललाई सहयोग गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताललाई एक लाख ५१ हजार रुपैयाँ नगद सहयोग गरेको हो।

अस्पतालमा आवश्यक उपकरण खरिद गर्न उक्त रकम हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ। रकम हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बंैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, नायब प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, प्रदेश प्रमुख कमल पोखरेल, एरिया म्यानेजर मिथिलेशकुमार झालगायतको उपस्थिति थियो।

त्यस्तै अस्पतालका तर्फबाट अध्यक्ष नरेशप्रसाद सिंह, मेडिकल डाइरेक्टर आशिष बोहरा, कोषाध्यक्ष धिरेन्द्र मोहन झालगायतका पधाधिकारीको उपस्थिति थियो। एनएमबि बैंकले विगत २६ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

यसअघि दि फिनान्सियल टाईम्स, लन्डनको ‘द ब्यांकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको थियो।
बैंकले हाल देशभर २०१ शाखा, १३८ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ।

प्रकाशित: २२ चैत २०७९ १६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =