दराजका विक्रेतालाई एनएमबि बैंकले बिना धितो ५ लाखसम्म कर्जा दिने

हिमाल प्रेस २५ जेठ २०८० १८:५८
12
SHARES
दराजका विक्रेतालाई एनएमबि बैंकले बिना धितो ५ लाखसम्म कर्जा दिने Jemesh Rasaili 9860687973

काठमाडौँ– एनएमबि बैंक लिमिटेड र दराज नेपालबीच सम्झौता भएको छ। यसअनुसार दराज नेपालका विक्रेताहरूलाई बैंकले बिना धितो विद्युतिय माध्यमबाटै कर्जा प्रदान गर्नेछ। उत्पादनशील उद्यमसँग जोडिएका, स्टार्टअप फर्म तथा कम्पनीहरूलाई दराज नेपालसँगको कारोबारको आधारमा ५ लाखसम्म चालु पुँजी कर्जा दिइने सम्झौतामा उल्लेख छ।

सम्झौतापत्रमा एनएमबि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले हस्ताक्षर गरेका छन्। बैंकका नायब प्रमुख कार्यकारी अधिकृत घिमिरेले अनलाईनमार्फत आवेदन पाएको केही मिनेटभित्रै कर्जा उपलब्ध गराउने बताए।

प्रकाशित: २५ जेठ २०८० १८:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 17 =