महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरूमा छुट

हिमाल प्रेस २१ चैत २०७९ १६:२६
4
SHARES
महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरूमा छुट

काठमाडौँ- महालक्ष्मी विकास बैंकले विभिन्न रेष्टुरेन्ट तथा श्रृंगार क्षेत्रसँग समन्वय गरी आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउने भएको छ। त्यसका लागि सम्बन्धित संस्थाहरूसँग सम्झौता गरिएको बैंकले जानकारी दिएको छ। सम्झौताअनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाका विभिन्न सेवाहरूमा विशेष छुट पाउने छन्।

बैंकका ग्राहकले बूढानीलकण्ठमा रहेको मेराकी होलिस्टिक वेलनेस रिट्रिटका सेवाहरूमा १५ प्रतिशत छूट पाउने छन्। त्यस्तै जावलाखेलमा रहेको बर्गर श्याकका सेवाहरूमा १० प्रतिशतसम्म, बुटवल उपमहानगरपालिकामा रहेको समृद्धि हियर ड्रेसिङ स्यालुन एन्ड एकेडेमीका सेवाहरूमा २० प्रतिशत र टंगालस्थित भाटभटेनीमा रहेको छोटु युनिसेक्स स्यालुनका सेवाहरूमा २० प्रतिशतसम्म छूट उपलब्ध हुने बैंकले बताएको छ।

उक्त सहकार्यबाट डिजिटल बैंकिङमा ग्राहकलाई प्रोत्साहन गर्ने र ग्राहक लाभान्वित हुने बैंकको अपेक्षा छ।

प्रकाशित: २१ चैत २०७९ १६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − five =