यी हुन् उपनिर्वाचनमा कांग्रेसका तीन उम्मेदवार

हिमाल प्रेस १९ चैत २०७९ १३:५३
72
SHARES
यी हुन् उपनिर्वाचनमा कांग्रेसका तीन उम्मेदवार

काठमाडौँ– वैशाख १० गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनले कांग्रेसबाट तीन उम्मेदवारको टुंगो लागेको छ। बारा निर्वाचन क्षेत्र नम्बर २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ।

कांग्रेसले तनहुँको १ नम्बर निर्वाचन क्षेत्रबाट गोविन्द भट्टराई र चितवन २ मा पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बारामा भने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई साझा उम्मेदवारका रूपमा अघि सारिएको कांग्रेस महामन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिए।

बारा २ मा निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि प्रतिनिधिसभा सदस्य पद रिक्त भएको हो।

यस्तै चितवन २ मा निर्वाचित रवि लामिछानेको पद नागरिकता प्रकरणमा सर्वोच्च अदालतले खारेज गरेको थियो भने तनहुँ १ मा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका कारण संसद् सदस्य पद रिक्त भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fourteen =