दुई दिनभित्रै सरकारले पूर्णता पाउँछ : सञ्चारमन्त्री शर्मा

हिमाल प्रेस १५ चैत २०७९ १४:५४
2
SHARE
दुई दिनभित्रै सरकारले पूर्णता पाउँछ : सञ्चारमन्त्री शर्मा फाइल तस्बिर।

काठमाडौँ– सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दुई दिन भित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएकी छन्। सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँटका विषयमा किचलो भइरहँदा सञ्चारमन्त्री शर्माले यस्तो दाबी गरेकी हुन्। काठमाडौँमा बुधबार आयोजित साक्षात्कारमा उनले मन्त्रिपरिषद् विस्तारको गृहकार्य अन्तिम चरणमा पुगेको बताइन्।

मन्त्री शर्माले सरकारले जनतामा केही गर्छ भन्ने भाव जगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल सफल भएको दाबी पनि गरिन्। उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूले भर्खरै विश्वासको मत लिनुभएको छ। हामी सरकार विस्तारको चरणमा छौँ। मलाई लाग्छ– एक/दुई दिनमै सरकारले पूर्णता पाउनेछ। सरकार गठन भएपछि जनतामा सकारात्मक आशा पलाएको छ।’

मन्त्री शर्माले वर्तमान सरकारले जनताको चाहनाअनुसार काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन्। यस्तै उनले संसद्बाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक चाँडै पारित गर्ने बताइन्।

प्रकाशित: १५ चैत २०७९ १४:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + twenty =