हाम्रो पार्टीले गृह र अर्थमन्त्रालय नै चाहिन्छ भनेको छैन : माधवकुमार नेपाल

हिमाल प्रेस १२ चैत २०७९ १८:०३
18
SHARES
हाम्रो पार्टीले गृह र अर्थमन्त्रालय नै चाहिन्छ भनेको छैन : माधवकुमार नेपाल फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अर्थ र गृहमन्त्रालय नै चाहिन्छ भनेर आफ्नो पार्टीले दाबी नगरेको बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेपालले सरकारको नीति र कार्यक्रममाथि छलफल चलिरहेको र यो-यो मन्त्रालय चाहिन्छ भनेर दाबी नगरेको बताएका हुन्।

‘हामीले अड्को थापेका छैनौँ। आज बल्ल हामी अहिलेको सरकारको नीतिगत प्रतिबद्धता नीति र कार्यक्रमका लागि छलफलमा छौँ’, उनले भने, ‘नीति तथा कार्यक्रममाथिको छलफल भएर टुंगो लाग्ला, अनि कागजमा हस्ताक्षर होला।’

उनले अर्थमन्त्रालय देशको अर्थतन्त्र बुझ्ने मान्छेलाई दिन आफूले नेताहरूलाई आग्रह गरेको पनि बताए।

प्रकाशित: १२ चैत २०७९ १८:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =