सुनको मूल्यमा रेकर्ड, तोलाको १ लाख १० हजार

हिमाल प्रेस ५ चैत २०७९ १२:०५
6
SHARES
सुनको मूल्यमा रेकर्ड, तोलाको १ लाख १० हजार

काठमाडौँ– आइतबार सुनको मूल्यले रेकर्ड कायम गरेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजारमा कारोबार भइरहेको छ। यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो।

शुक्रबार प्रतितोला १ लाख ७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। आइतबार तेजावी सुनको मूल्य १ लाख ९ हजार ५०० तोकिएको छ। शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि सामान्य बढेको छ। शुक्रबार १ हजार ३१० मा कारोबार भएको चाँदी आज १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: ५ चैत २०७९ १२:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =