कानुनका विद्यार्थीलाई ओलीको सन्देश : लोभ र त्रासमा नपरी न्याय दिनुपर्छ

हिमाल प्रेस २ चैत २०७९ १९:४०
10
SHARES
कानुनका विद्यार्थीलाई ओलीको सन्देश : लोभ र त्रासमा नपरी न्याय दिनुपर्छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालय कुनै प्रकारको स्वार्थमा पर्न नहुने बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित कानुनका विद्यार्थीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

राजनीतिक आग्रह वा अन्य खालको स्वार्थमा न्यायालय परेकाले मुलुकको न्याय सम्पादन निष्पक्ष र स्वतन्त्र हुन नसकेको उनको भनाइ छ।

‘न्यायालय निष्पक्ष हुनुपर्छ। यदि न्यायाधीशलाई उसको स्वार्थ कतै बाँझिएको छ भने उसले त्यो केस हेर्न हुन्न। आफन्तको छ भने हेर्न हुन्न। स्वार्थ बाँझिएको छ भने हेर्न हुन्न। न्यायलय स्वतन्त्र हुनुपर्छ, निष्पक्ष हुनुपर्छ,’ उनले भने।

नेपालको पहिलो प्रधानन्यायाधीश तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर राणाका माइला छोरा भएको उल्लेख गर्दै उनले नेपालको कानुनको इतिहासमा हरिप्रसाद प्रधानलाई पहिलो प्रधानन्यायाधीश मानिएको सत्य नभएको जिकिर गरे।

भारतीय नागरिक प्रधानलाई विपी कोइरालाले आफ्नो घनिष्टता भएको कारणले नेपालमा ल्याएर प्रधानन्यायाधीश बनाउने असंवैधानिक काम गरेको ओलीले आरोप लगाए।

‘दार्जिलिङमा वकालत पेश गरेर बसिरहेका भारतीय नागरिक हरिप्रसाद प्रधानलाई नेपालमा ल्याइयो। र, नेपालको संविधान संशोधन गरेर विदेशी नागरिक पनि देशको प्रधानन्यायाधीश हुन सक्छ भन्ने संविधान संशोधन गरेर

प्रधानन्यायाधीशमा उनलाई नियुक्त गरियो,’ उनले भने, ‘तपाईंहरूको कोर्समा आउन सक्छ हरिप्रसाद प्रधान नेपालको पहिलो प्रधानन्यायाधीश हुन भन्ने कुरा। तर होइन। जुद्ध शमशेरका छोरा नेपालको पहिलो प्रधानन्यायाधीश हुन्।’

००७ सालको परिवर्तनपछि विदेशीलाई प्रधानन्यायाधीश बनाउनका लागि संविधान संशोधन गर्नेजस्तो गम्भीर असंवैधानिक कदम भएको जनाउँदै उनले न्याय सम्पादनमा आफू निष्पक्ष हुन नसके न्यायाधीशहरूले सो मुद्दा नहेर्ने नैतिकता देखाउनुपर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 1 =