तरकारी बजारबाट मासिक डेढ लाख आम्दानी गर्दै विद्यालय

हिमाल प्रेस ३० फागुन २०७९ १०:२४
6
SHARES
तरकारी बजारबाट मासिक डेढ लाख आम्दानी गर्दै विद्यालय

दाङ- तुलसीपुर उपमहानगरपालिका-६ स्थित सेन्टर माध्यमिक विद्यालयले तरकारी बजारबाट लाखौँ आम्दानी गर्न थालेको छ। विद्यालयको १२ कठ्ठा जग्गामा तरकारी बजार निर्माण गरिएको थियो।

बजार निर्माण भएपछि सो विद्यालयले २०७५ माघदेखि आय आर्जन गर्न थालेको हो। उपमहानगरपालिका, तरकारी तथा फलफूल व्यवसायी र विद्यालयबीच त्यहाँ तरकारी बजार स्थापनाका लागि सम्झौता भएको थियो। त्यही तरकारी बजारबाट अहिले विद्यालयले एक लाख ५७ हजार रुपैयाँ आम्दानी गर्दै आएको छ।तरकारी बजारमा रहेका ३६ पसलबाट भाडा उठाउने गरेको प्रधानाध्यापक भागवत पौडेलले बताए।

यसअघि उक्त भाडा उपमहानगरपालिकाले उठाउने गरेको थियो। उपमहानगरपालिकाले आफूले उठाएको करिब ४४ लाख रुपैयाँ विद्यालयलाई बुझाउन बाँकी रहेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले बताए। दुई करोड ३३ लाख रुपैयाँमा तरकारी बजार सञ्चालनमा आएको हो।

एउटा पसलको भाडा पाँच हजार पाँच सय रुपैयाँ कायम गरिएको तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष माधव घिमिरेले बताए। तरकारी बजारमा तरकारी व्यापारका साथै फलफूल व्यापारसमेत गरिँदै आएको छ।

प्रकाशित: ३० फागुन २०७९ १०:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 8 =