सिन्धुलीमा बस दुर्घटना, पाँच जनाको मृत्यु

हिमाल प्रेस २८ फागुन २०७९ ११:०८
36
SHARES
सिन्धुलीमा बस दुर्घटना, पाँच जनाको मृत्यु तस्बिर स्रोत : फेसबुक।

काठमाडौँ- सिन्धुलीको फिकल गाउँपालिका-४, कुइभीरडाँडामा आज (आइतबार) बिहान बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। १९ जना घाइते भएका छन्।

घाइतेहरूलाई खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको बताइएको छ। बस पनि तीव्र गतिमा रहेको प्रहरीको भनाइ छ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुलीमा भएको बस दुर्घटनामा ५ जनाको मृत्यु र दर्जनौँ यात्रु घाइते भएको प्रति दुःख व्यक्त गरेका छन्। उनले मृतकप्रति श्रद्धासुमन व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। प्रधानमन्त्री दाहालले उद्धार कार्य प्रभावकारी बनाउन सम्बद्ध सबैलाई निर्देशन दिएका छन्।

प्रकाशित: २८ फागुन २०७९ ११:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 6 =