नवनिर्वाचित राष्ट्रपति पौडेलको यस्तो छ आजको भ्रमण तालिका

हिमाल प्रेस २७ फागुन २०७९ ९:१२
14
SHARES
नवनिर्वाचित राष्ट्रपति पौडेलको यस्तो छ आजको भ्रमण तालिका फाइल तस्बिर

काठमाडौँ- नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्। गत बिहीबार मात्र राष्ट्रपतिमा चयन पौडेल शुक्रबारदेखि विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन्।

हिजो (शुक्रबार) राष्ट्रपति पौडेलले गुहेश्वरी र पशुपतिनाथ मन्दिरको दर्शन गर्नाका साथै सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेका थिए। आज पनि उनी दिउँसो साढे १ बजे पुष्पलाल पार्क (चम्पादेवी) र त्यसपछि दिउँसो साढे २ बजे भट्टराई आश्रम बाडेगाउँ पुग्ने कार्यक्रम रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ।

चौथो कार्यकालका लागि मुलुकको तेस्रो राष्ट्रपति बनेका पौडेलले सोमबार शपथ खाने र पद सम्हाल्ने तयारी छ।

प्रकाशित: २७ फागुन २०७९ ९:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =