त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयद्वारा करिब चार करोडका सामान बिक्री

पौने दुई रुपैयाँका मोबाइल फोन बिक्री

हिमाल प्रेस २४ फागुन २०७९ १९:१४
6
SHARES
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयद्वारा करिब चार करोडका सामान बिक्री

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले करिब पौने दुई रुपैयाँका मोबाइल फोन लिलाम बिक्री गरेको छ। कार्यालयले तीन सय ३२ थान मोबाइल लिलाम बिक्रीबाट एक करोड ७३ लाख २६ हजार सात सय चार रुपैयाँ आम्दानी गरेको हो।

उक्त मोबाइल फोन विदेशबाट फर्किने यात्रुबाट जफत गरिएको भन्सार कार्यालयले जानकारी दिएको छ। उक्त आमदानी सरकारी राजस्वमा जाने कार्यालयले जानकारी दिएको छ।

कार्यालयले चालू आर्थिक वर्षको हालसम्मको अवधिमा मोबाइलसहित करिब चार करोड रुपैयाँ बराबरका अन्य सामान लिलाम बिक्री गरेको बताएको छ। चालू आर्थिक वर्षको हालसम्म मोबाइल, मदिरा, सवारीसाधन, कपडा, खाद्यवस्तु तथा इलेक्ट्रोनिक सामान लिलाम बिक्रीबाट तीन करोड ८९ लाख ८१ हजार पाँच सय ५७ रुपैयाँ राजस्व संकलन गरेको छ।

त्यसमा दुई हजार पाँच सय पाँच थान मदिरा लिलाम बिक्रीबाट एक करोड पाँच लाख ८६ हजार छ सय ९७ रुपैयाँ संकलन गरिएको छ। त्यस्तै सवारीसाधन, कपडा, खाद्यवस्तु, इलेक्ट्रोनिकलगायतका मालवस्तु लिलाम बिक्रीबाट एक करोड १० लाख ६८ हजार एक सय ५६ रुपैयाँ संकलन गरिएको विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत नारद पोखरेलले जानकारी दिए।

कानूनअनुसार हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै एक व्यक्तिले एउटाभन्दा बढी थान मोबाइल तथा एक बोतलभन्दा बढी मदिरा ल्याउन पाइँदैन।

कानूनले तोकेभन्दा बढी ल्याइएका सामग्री भए आर्थिक ऐनबमोजिम भन्सार महसुल तिर्नुपर्छ। कार्यालयले स्वदेशी तथा विदेशीबाट जफत गरिएको एप्पल कम्पनीका आइफोन, सामसुङलगायत महँगा मोबाइल फोन तथा मदिरा बिक्री गर्दै आएको छ। रासस

प्रकाशित: २४ फागुन २०७९ १९:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 14 =