राप्रपा बैठक : राष्ट्रपतिका उम्मेदवार कसैलाई पनि भोट नहाल्न दबाब

हिमाल प्रेस २४ फागुन २०७९ १७:४७
66
SHARES
राप्रपा बैठक : राष्ट्रपतिका उम्मेदवार कसैलाई पनि भोट नहाल्न दबाब फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिहीबार हुने राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नेबारे नेताहरूबीच छलफल भएको छ। बैठकमा सहभागी अधिकांश नेताले राजतन्त्रको मुद्दा उठाउँदै आएको पार्टीले राष्ट्रपति छान्न मतदान गर्न नहुने बताएका छन्।

बैठकमा उपाध्यक्ष रवीन्द्र मिश्रले त यसअघि पार्टी सरकारमा सहभागी भएको विषयमा पनि आपत्ति जनाउँदै राष्ट्रपति निर्वाचनमा सहभागी हुन नहुने तर्क गरेका छन्। बैठक अहिले पनि जारी छ।

राष्ट्रपति निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्बाङ चुनावी मैदानमा छन्।

प्रकाशित: २४ फागुन २०७९ १७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 1 =