अराजकताको पक्षमा राप्रपा छैन :अध्यक्ष लिङदेन

हिमाल प्रेस २२ फागुन २०७९ २०:२८
4
SHARES
अराजकताको पक्षमा राप्रपा छैन :अध्यक्ष लिङदेन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आफ्नो पार्टी अराजकताको पक्षमा नरहेको बताएका छन्। पछिल्लो समय सडकमा भइरहेका गतिविधिहरूका बारेमा आफ्नो पार्टी गम्भीर बनेको भन्दै उनले अराजकताको पक्षमा रप्रपा नरहेको बताएका हुन्।

सोमबार कांग्रेस नेताहरूको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङदेनले कुनै पनि प्रकारको अराजकता र गलत क्रियाकलापको पक्षमा आफ्नो पार्टी नरहेको बताए।

अहिलेको अवस्थामा राज्य जिम्मेवारीबाट विमुख भइरहेकाले देशले अराजकता व्यहोर्नुपरेको उनको भनाइ थियो। देशका प्रमुख राजनीतिक दल तथा नेताले जनताको सुविधाभन्दा सत्ता केन्द्रित बन्न थालेकाले जनता आक्रोसित बनेको उनले बताए।

यस्ता गतिविधिमा अराजक क्रियाकलाप गर्नेहरू भन्दा जनताका समस्यालाई अन्देखा गर्ने, समस्याको र अहिलेको अस्थिरताको जगको, जडको रूपमा रहेका राजनीतिक दलहरू बढी जिम्मेवार हुन आवश्यक रहेको उनले औंल्याए।

अराजकता र गलत क्रियाकलापको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी नरहेका भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले यस प्रकारको अराजक क्रियाकलापको कहिल्यै पनि समर्थन नगर्ने प्रतिबद्धता उनले व्यक्त गरे। ‘हामी कुनै पनि प्रकारको अराजकता, गलत क्रियाकलापको विपक्षमा छौँ,’ उनले भने, ‘तर राज्य कमजोर हुन्छ, राज्य जिम्मेवारीबाट विमुख हुन्छ, देशका प्रमुख राजनीतिक दल, सरकारमा बसेका मानिस जनताको सुविधाभन्दा सत्ता केन्द्रित बन्न थाल्छन्, देशले यस्ता अराजकता व्यहोर्नुपर्ने नै हुन्छ।’

प्रकाशित: २२ फागुन २०७९ २०:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + nine =