राजनीतिक नेतृत्वले अराजकताको पक्षपोषण गरेको सांसदहरूको आरोप

हिमाल प्रेस २४ जेठ २०८० १३:०५
6
SHARES
राजनीतिक नेतृत्वले अराजकताको पक्षपोषण गरेको सांसदहरूको आरोप फाइल तस्बिर।

काठमाडौँ– राष्ट्रियसभाका बुधबार (आज)को बैठकमा सांसदहरूले राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दिएको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरेका छन्।

राष्ट्रियसभाको बैठकमा सांसद उदय बोहोराले बजेट निर्माणका क्रममा भएका कमजोरीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरे।

सांसद गोमादेवी तिमिल्सिनाले मुलुकभित्र फैलिरहेको गरेको अराजकता अन्त्यका लागि सबैको साझा प्रयत्न जरुरी रहेको बताइन्। प्रतिनिधिसभामा अमर्यादित भाषाको प्रयोग भइरहेकामा उनले आपत्ति प्रकट गरे।

सांसद दुर्गा गुरुङले देशका विभिन्न स्थानमा भइरहेको सडक दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराइन्। उनले सुर्खेतमा स्वास्थ्यकर्मीले सेवा सुविधा पाउन नसकेकामा गुनासो गराइन्।

सांसद नारायण मिश्रले कैलालीको एक सडक निर्माणमा संघीय र प्रदेश सरकारले ध्यान नदिएकामा गुनासो गरे। सांसद नारायण दाहालले सदनमा देखिएका अराजकताले जनप्रतिनिधिबारे जनताबीच नराम्रो सन्देश दिएको जनाए। उनले राजनीतिक नेतृत्वले नै अराजकताको पक्षपोषण गरेको जिकिर गरे।

सांसद भुवन सुनाले भूमिहन, दलित सुकुम्बासीलाई आगामी आर्थिक बर्षको बजेटले कुनै सम्बोधन गर्न नसको भन्दै सरकारको ध्यानकर्षण गराए।

सांसद राजेन्द्रलक्ष्मी गैरले बजारमा खाद्य पदार्थको मूल्य दैनिक जसो वृद्धि हुँदा जनजीवन प्रभावित भएकाले त्यसलाई नियन्त्रण गर्न माग गरे।

सांसद सुरेश आले मगरले सामान्य कुरालाई उचालेर सदनको काम कारबाहीलाई प्रभावित बनाउने रोग प्रतिनिधिसभामा देखिएको भन्दै राष्ट्रियसभामा त्यस्तो हुन नहुने बताए।

प्रकाशित: २४ जेठ २०८० १३:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − five =