बाबुरामको प्रस्टीकरण : बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउन मज्जाले पाइन्छ

हिमाल प्रेस २२ फागुन २०७९ ९:०४
2
SHARE
बाबुरामको प्रस्टीकरण : बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउन मज्जाले पाइन्छ

काठमाडौँ- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आइतबारको एक कार्यक्रममा बोलेको विषयमा प्रष्टीकरण दिएका छन्। उनले प्रष्टीकरण दिँदै ‘बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउन नपाइने’ भन्ने विषयको खण्डन गरेका छन्।

भट्टराईले आइतबार एक कार्यक्रममा बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाएर जिस्काउन खोजिएको बताएका थिए।उनले प्रधामन्त्री दाहाललाई मुद्दा लगाउनु भनेको माओवादी आन्दोलनलाई अपराधीकरण गर्न खोजिएको अभिव्यक्ति दिएका थिए। आज बिहान सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै भट्टराईले भने युद्धकालीन मुद्दा नियमित अदालतले नभई सत्य निरुपण तथा मेलमिलाप आयोगले हेर्नुपर्ने जिकिर गरेका छन्।
‘बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन? मज्जाले पाइन्छ। म आफैँ प्रम छँदा थुप्रै मुद्दा खेपेको छु, अदालतमा हाजिर भएको छु‚’ भट्टराईले लेखेका छन्‚ ‘तर शान्ति सम्झौता अनुसार जनयुद्धकालीन मुद्दा टीआरसी (सत्य निरुपण तथा मेलमिलाप आयोग)ले हेर्ने हो, नियमित अदालतले हैन?’

 

प्रकाशित: २२ फागुन २०७९ ९:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − five =