‘आर्थिक स्थायित्वका लागि ब्याजदरमा लकअप प्रणाली आवश्यक’

हिमाल प्रेस २१ फागुन २०७९ १५:११
4
SHARES
‘आर्थिक स्थायित्वका लागि ब्याजदरमा लकअप प्रणाली आवश्यक’

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सले आर्थिक स्थायित्वका लागि ब्याजदरमा ‘लकअप’ प्रणाली लागू गर्नुपर्ने बताएको छ। चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर अस्थिर हुँदा ऋणीहरू मर्कामा परेको भन्दै आर्थिक स्थायित्वका लागि ब्याजदरमा लकअफ प्रणाली लागू गर्नुपर्ने बताएका हुन्। अस्थिर ब्याजदरले लगानीको वातावरण सिर्जना हुन नसकेको पनि उनले बताए।

त्यसकाे समाधानका लागि लकअप प्रणालीको विकल्प नरहेको उनको भनाइ थियो। उद्योग व्यवसाय सञ्चालन, घरजग्गा, कृषिलगायत विभिन्न प्रयोजनमा ऋण लिने प्रक्रियामा सुरुवाती चरणमै निश्चित ब्याजदर कायम गर्ने र पछि फेरबदल नहुने व्यवस्था लागू गर्न सकेमा वित्तीय क्षेत्रमा अस्थिरता नआउने अध्यक्ष मल्लले बताए।

दोलखा चेम्बरले आयोजना गरेको महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष मल्लले बैंक वित्तीय संस्थामा भएको उच्च ब्याजदरका कारण व्यावसायिक गतिविधि ठप्प प्रायः भएको बताए। ‘ब्याजदर १५ देखि १६ प्रतिशतसम्म कायम छ। ऋण लिएर व्यवसाय गर्ने वातावरण छैन,’ उनले भने, ‘उद्योगी व्यवासायीहरू पलायन हुने अवस्था सिर्जना भएको छ।’
बैंक तथा वित्तीय संस्थाले आधार दरमा लिने प्रिमियम उच्च हँुदा पनि ऋणीहरू मर्कामा परेको अध्यक्ष मल्लले बताए। ‘आर्थिक विकास र समृद्धिका लागि वित्तीय स्थायित्व र लगानीको वातावरण सिर्जना गर्न आवश्यक छ,’ उनले भने।

उद्योग तथा साना व्यवसायमा सामुहिक लगानीमाफर्त नयाँ रोजगारी सिर्जना गर्न निजीक्षेत्र र सरकारबीच हातेमालो गर्न आवश्यक रहेको अध्यक्ष मल्लको भनाइ थियो।

प्रकाशित: २१ फागुन २०७९ १५:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + ten =