आगामी ३ वर्षभित्र ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य

हिमाल प्रेस १३ फागुन २०७९ १६:२३
8
SHARES
आगामी ३ वर्षभित्र ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य

काठमाडौँ- सरकारले आगामी ३ वर्षभित्र ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ। आगामी तीन आर्थिक वर्षको अनुमानित बजेटको सीमा निर्धारण गर्दै राष्ट्रिय योजना आयोगले उक्त लक्ष्य सार्वजनिक गरेको हो।

आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको सीमासहित मध्यमकालीन खर्च संरचना (२०८०/८१–२०८२/८३) तयार गर्दै आर्थिक वृद्धिदरको लक्ष्य ८ प्रतिशतको लिएको हो। आगामी आर्थिक वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ।

आयोगले आर्थिक वर्ष २०८१/८२ मा ७ दशमलव ४ प्रतिशत र आर्थिक वर्ष २०८२/८३ मा ८ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने अनुमान गरेको छ।

चालू आर्थिक वर्ष २०७९/८० का लागि सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य हासिल नहुने पनि आयोगले औंल्याएको छ। चालू आवमा सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेकोमा ४ दशमलव ५ प्रतिशत मात्रै रहने आयोगको अनुमान छ।

प्रकाशित: १३ फागुन २०७९ १६:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 14 =