ओलीले बुद्धिजीवी परिषद्मा भने : एमालेमाथि चौतर्फी प्रहार भइरहेछ

हिमाल प्रेस २० फागुन २०७९ १३:४३
2
SHARE
ओलीले बुद्धिजीवी परिषद्मा भने : एमालेमाथि चौतर्फी प्रहार भइरहेछ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका लागि एमालेजस्तो पार्टीले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार हुन खोजेको बताएको छन्।

शनिबार भक्तपुरमा भएको पार्टी निकट बुद्धिजीवी परिषद्को तेस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको अहितमा जनविरोधी र राष्ट्रघाती तत्त्वहरूको चर्को आवाज आउन थालेकाले त्यसबाट जनतालाई मुक्त गर्न सक्नुपर्ने बताए।

‘दुर्भाग्यको कुरा देशका लागि एमालेजस्तो पार्टीले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार हुन खोज्छ । यथार्थ त्यही हो’, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘किनभने सामाजिक रूपान्तरण परिवर्तनका विरोधी शक्तिहरू आफ्ना क्षुद्र स्वार्थमा अल्झिएका शक्तिहरू सत्ता कब्जा गर्न सफल छन् अहिले पनि।’

अध्यक्ष ओलीले उनीहरू नै जनता अलमल्याउन र चटके कुरा गर्न सफल भएको भन्दै बौद्धिक जगत्ले दिग्भ्रमित पार्ने शक्तिहरूबाट जनतालाई मुक्त गर्न बिगुल फुक्ने काम गर्नुपर्ने बताए।

प्रकाशित: २० फागुन २०७९ १३:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eleven =