बैंक तथा वित्तीय संस्थाको सुरक्षामा ध्यान दिन ७७ जिल्लाकै प्रशासनलाई गृहको परिपत्र

हिमाल प्रेस १९ फागुन २०७९ २०:३१
12
SHARES
बैंक तथा वित्तीय संस्थाको सुरक्षामा ध्यान दिन ७७ जिल्लाकै प्रशासनलाई गृहको परिपत्र

काठमाडौँ- सरकारले देशभरका बैंक, लघुवित्त र सहकारी संस्थाको सुरक्षामा ध्यान दिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। गृहमन्त्रालयले शुक्रबार सबै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीका मातहतका कार्यालयलाई वित्तीय संस्थाहरूको सुरक्षामा ध्यान दिन परिपत्र गरेको हो।

मन्त्रालयले बैंक र वित्तीय संस्था र ती संस्थामा आवद्ध कर्मचारीमाथि दुर्व्यवहार भएको गुनासो बढेपछि मन्त्रालयले यसमा ध्यान दिन भनेको मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतले जानकारी दिए।

यस अघि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले सुरक्षा प्रत्याभूति गराउन भन्दै गृहमन्त्रालयमा ज्ञापन पत्र बुझाएका थिए।

व्यवसायी दुर्गा प्रसाईंसहित केही क्षेत्रबाट लघुवित्त र बैंकबाट लिएका ऋण तथा ब्याज नतिर्ने अभियान नै गरेका थिए। त्यसो त मंगलबार जाजरकोट भेरी नगरपालिकामा एनआइसी एशिया लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलेर दुर्व्यवहार गरेका थिए।

प्रकाशित: १९ फागुन २०७९ २०:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =