सुवास नेम्वाङलाई सिके राउतको जवाफ- तपाईंलाई भोट हाल्नेबारे पार्टीमा छलफल गर्छौं

हिमाल प्रेस १९ फागुन २०७९ १७:३२
8
SHARES
सुवास नेम्वाङलाई सिके राउतको जवाफ- तपाईंलाई भोट हाल्नेबारे पार्टीमा छलफल गर्छौं

काठमाडौँ– जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई मतदान गर्नेबारे पार्टीमा छलफल गरेर निर्णय लिइने बताएका छन्।

जनमत पार्टी कार्यालय पुगेर राष्ट्रपतिमा आफूलाई मत मागेपछि नेम्वाङलाई राउतले उक्त जवाफ दिएको भेटमा सहभागी एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए।

‘हामीले हाम्रो पार्टीबाट राष्ट्रपतिका उम्मेदवारलाई जनमत पार्टीसँग मत मागेका छौं। उहाँले आफ्नो पार्टीबाट अहिले नै निर्णय नभइसकेको तर, उहाँप्रति हाम्रो सद्भाव छ भन्नुभएको छ,’ गुरुङले भने।

राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब विस्तार गर्ने मन्त्रिपरिषद्‌मा जनमत पार्टीले कति मन्त्रालय पाउनेबारे अहिलेसम्म औपचारिक छलफल नभएकोसमेत जानकारी दिए।

यही २५ गते हुने राष्ट्रपति निर्वाचनमा आफूलाई मत हाल्नका लागि नेम्वाङले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग संवाद गरिरहेका छन्।

प्रकाशित: १९ फागुन २०७९ १७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =