बालुवाटारबाट सुरु भयो नेम्वाङको शवयात्रा

हिमाल प्रेस २८ भदौ २०८० ११:१५
6
SHARES
बालुवाटारबाट सुरु भयो नेम्वाङको शवयात्रा

काठमाडौँ- संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदैछ।

उनको अन्त्यष्टिअघि अहिले शवयात्रा सुरु भएको छ । उनको निवास बालुवाटारबाट शव निकालिएको हो। बालुवाटारमै सेनाले सलामी दिएको छ ।

शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ। नेम्वाङको मुन्धुम र हिन्दु परम्पराअनुसार अन्त्येष्टि गर्ने तय भएको छ।

प्रकाशित: २८ भदौ २०८० ११:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =