यूएचएस होल्डिङको हेफेल डिजाइन स्टुडियो सुरु

हिमाल प्रेस १८ फागुन २०७९ १९:०४
4
SHARES
यूएचएस होल्डिङको हेफेल डिजाइन स्टुडियो सुरु

काठमाडौँ- इन्टेरियरसम्बन्धी कम्पनी यूएचएस होल्डिङले हेफेल डिजाइन स्टुडियो सुरु गरेको छ। कम्पनीले बिहीबार काठमाडौँस्थित गैह्रीधारामा हाफेल सोरुममा आयोजित एक समारोहबीच हेफेले दक्षिण एसियाका प्रबन्ध निर्देशक फ्र्यांक सोडर एवं यूएचएस होल्डिङका अध्यक्ष पुरुषोत्तम न्यौपानेलगायतले स्टुडियोको उद्घाटन गरे।

हेफेलको नेपालस्थित फ्रेन्चाइजको रूपमा रहेको डिजाइन स्टुडियोमा आर्टिटेक्चरल हार्डवेयर, ग्लास फिटिङ, फर्निचर फिटिङ, डिजिटल सेक्युरीटी लाइटिङ, किचेन फिटिङलगायतका उत्पादनहरू ‘रियल टाइम’मा उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ।

कार्यक्रममा हेफेल एवं यूएचएस होल्डिङका प्रतिनिधिहरूले समुन्नत प्रविधिका साथै उत्कृष्ट उत्पादन विश्वका प्रसिद्ध वास्तुकार एवं इन्टेरियरले डिजाइनरहरूलाई अभिप्रेरित गरेको बताए।

प्रकाशित: १८ फागुन २०७९ १९:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 5 =