राष्ट्रपतिमा रामचन्द्रलाई निर्वाचित गर्न आठ दलका नेतालाई दिइयो प्रशिक्षण [तस्बिरहरू]

दिपेश श्रेष्ठ १८ फागुन २०७९ १४:५३
20
SHARES
राष्ट्रपतिमा रामचन्द्रलाई निर्वाचित गर्न आठ दलका नेतालाई दिइयो प्रशिक्षण [तस्बिरहरू]

काठमाडौँ– आसन्न राष्ट्रपति पदको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचित गर्न आठदलीय गठबन्धनका सांसदहरूलाई प्रशिक्षण दिइएको छ।

आठदलीय गठबन्धनका साझा उम्मेदवार पौडेललाई राष्ट्रपतिमा विजयी गराउन अभिमुखीरण र प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो।

गठबन्धनका दलहरूले बनाएको राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र बनाएर कांग्रेसको अगुवाईमा तीनकुनेस्थित एक ब्याक्वेटमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो।

प्रशिक्षणमा गठबन्धनमा रहेका कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एस, जनमत पार्टी, लोसपा, नागरकि उन्मुक्ति र राष्ट्रिय जनमोर्चाका राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसद उपस्थित छन्। कार्यक्रमलाई शीर्ष नेताले सम्बोधन गर्नेछन्।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा आठदलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार छन्। यस्तै गठबन्धनइतरबाट नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपति पदका उम्मेदवार छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =