‘द भ्वाइस किड्स’को ‘हाइजिन पाटर्नर’ बन्यो लाइफबोई

हिमाल प्रेस १७ फागुन २०७९ १२:५१
‘द भ्वाइस किड्स’को ‘हाइजिन पाटर्नर’ बन्यो लाइफबोई

काठमाडौँ- ‘द भ्वाइस किड्स नेपाल’ दोस्रो सिजनको ‘हाइजिन पाटर्नर’को रूपमा लाइफबोई आबद्ध भएको छ। कार्यक्रममार्फत् लाइफबोईले सहभागी तथा दर्शकलाई स्वच्छ र स्वस्थ बानीबारे सचेत गराउने छ।

यो कार्यक्रम विश्वव्यापी गायन रियालिटी शो द भ्वाइस किड्सको नेपाली संस्करण हो। कार्यक्रममा प्रमोद खरेल, मिलन नेवार, प्रविशा अधिकारी र सुशान्त केसी निर्णायक छन्।

कार्यक्रम फागुन २६ गतेदेखि साताको दुई दिन शुक्रबार र शनिबार हिमालय टीभीमा रातको ८ बजे प्रसारण हुनेछ।

प्रकाशित: १७ फागुन २०७९ १२:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 9 =