काठमाडौँ- राष्ट्रपति निर्वाचनका मत खसालेर फर्किदा लडेर एक सांसद घाइते भएका छन्।
मधेश प्रदेशका सांसद गोविन्द न्यौपाने भोट खसालेर फर्किने क्रममा सिँडीमा लडेका हुन्। उनको टाउकोमा चोट लागेको छ।
घाइते सांसद न्यौपानेलाई उपचारका लागि नजिकैको सिभिल अस्पतालमा भर्ना गरिएको छ। न्यौपाने सप्तरी- ४ (१) बाट निर्वाचित भएका हुन्।
उनी नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य हुन्।
प्रकाशित: २५ फागुन २०७९ १२:२४ | Thursday, March 9, 2023
प्रतिक्रिया


