बेहुलाबेहुली चढेको कार दुर्घटना, चार घाइते

हिमाल प्रेस १२ फागुन २०७९ ८:४०
10
SHARES
बेहुलाबेहुली चढेको कार दुर्घटना, चार घाइते सांकेतिक तस्बिर।

रुपन्देही- रुपन्देहीको सैनामैनामा बेहुला बेहुली चढेको कार ट्रकमा ठोक्किँदा ४ जना घाइते भएका छन्।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सालझण्डी र फारलाइन बीचको जंगलमा रोकिराखेको लु २ ख ४३० नम्बरको ट्रकमा बिहीबार बिहान पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको लु ३ च ८९२ नम्बरको कार ठोक्किएको थियो।

दुर्घटनाबाट कारमा सवार बाँकेको राप्ती रोनारी गाउँपालिका–९ की २२ वर्षीया कविताकुमारी थारु, सोही ठाउँकी २३ वर्षीया सुशीला थारु, १५ वर्षीय विवश थारु र नवलपरासी पश्च्मिको सरावल गाउँपालिकाका २५ वर्षीय कृष्णा चौधरी घाइते भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ।

घाइते मध्ये कविताकुमारी थारुको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।

प्रकाशित: १२ फागुन २०७९ ८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =