सिद्धार्थ नगरपालिकाले भूकम्प पीडितका लागि साढे २२ लाख सहयोग गर्ने

हिमाल प्रेस २० कार्तिक २०८० ९:३३
2
SHARE
सिद्धार्थ नगरपालिकाले भूकम्प पीडितका लागि साढे २२ लाख सहयोग गर्ने

लुम्बिनी- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भूकम्प पीडितका लागि साढे २२ लाख सहयोग गर्ने भएको छ।

जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प पीडितको पुनर्स्थापना, राहतलगायत कार्यका लागि २२ लाख ५४ हजार ५ सय रुपैयाँ र २ सय थान कम्बल सहयोग गर्ने नगरपालिकाले निर्णय गरेको हो।

आइतबार बसेको नगरकार्यपालिकाको बैठकले भूकम्पले बढी क्षति पुरर्‍याएको जाजरकोट र रुकुम पश्चिमका पीडितहरूका लागि दुवै जिल्लाको जिल्ला विपद् व्यवस्थापन कोषमा वा संघीय सरकारले तोकेको मापदण्ड अनुसार पाँचरपाँच लाख रुपैयाँ प्रदान निर्णय गरेको सिद्धार्थनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिए।

प्रकाशित: २० कार्तिक २०८० ९:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + sixteen =