मुलुकको हितका लागि कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नुपर्छ : अर्जुननरसिंह केसी

हिमाल प्रेस १० फागुन २०७९ १७:२३
94
SHARES
मुलुकको हितका लागि कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नुपर्छ : अर्जुननरसिंह केसी फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाली कांग्रेसको उम्मेदवार राष्ट्रपति हुनु राष्ट्रिय हितको दृष्टिले अनिवार्य भएको बताएका छन्। संसद्‌ भवन अगाडि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसको राष्ट्रपति भएमा सबैप्रकारका शक्तिहरूको संयोजन गर्न सक्ने बताएका ह‍ुन्।

‘राष्ट्रिय सहमतिको दृष्टिकोणले अहिले विकसित भएको अन्तर्राष्ट्रिय घटनाक्रम र नेपाल जो द्वन्द्वात्मक भू-भागको रुपमा विकसित भइरहेको छ। अहिलेको आर्थिक दुरावस्था र अहिले देखिएका आर्थिक विकृतिहरु, त्यसलाई सम्पूर्ण रुपबाट एउटा राष्ट्रिय सहमतिको आधारमा निर्णायक बिन्दुमा पुर्‍याउनको निम्ति पनि सभामुख एउटा दलको, प्रधानमन्त्री अर्को दलको भएको स्थितिमा नेपाली कांग्रेसको राष्ट्रपति हुँदा नै सबै शक्तिहरूलाई संयोजन गर्नसक्छ र नेपाली कांग्रेसको राष्ट्रपति बन्नु अहिलेको राष्ट्रिय हीतको दृष्टिकोणले पनि अनिवार्य हो भन्ने हाम्रो ठम्याइँ हो।’ उनले कांग्रेसको राष्ट्रपति हुने पर्याप्त वातावरण बनेको दाबी पनि गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =