नक्कली किसान खडा गर्नेमाथि कारबाही गरौँ : शंकर भण्डारी

हिमाल प्रेस १० फागुन २०७९ १६:३७
6
SHARES
नक्कली किसान खडा गर्नेमाथि कारबाही गरौँ : शंकर भण्डारी फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले कृषि अनुदानका लागि नक्कली किसान खडा गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्। सांसद भण्डारीले उत्पादनको आधारमा कृषि अनुदान दिने व्यवस्था मिलाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

‘किसानलाई संरक्षण नगर्ने हो भने कृषि पेसा बचाउन सक्ने अवस्था छैन। वास्तवमा किसानलाई उत्पादनको आधारमा अनुदान दिने व्यवस्था मिलाउनु पर्दछ। अनुदानमा नक्कली किसान खडा गर्नेलाई कारबाही गर्नु पर्दछ। मल, विउ र सिाचाईमा उपलब्ध गराउन हामीलाई के ले छेकेको छ ? यसमा हाम्रो ध्यान जान जरुरी छ,’ उनले भने।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद भण्डारीले किसानलाई बेलैमा मल, बिउ र सिँचाईको आवश्यक व्यवस्था मिलाउने काममा कसले अवरोध पुर्‍यायो ? भनी सरकारलाई प्रश्नसमेत गरे। उनले बिचौलियाले असाधारण नाफा कमाउने तर उपभोक्ताहरु मारमा पर्ने गरी कृषि अनाजहरुको खरिद गर्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि सरकारलाई सुझाव दिए।

‘कृषिमा अनुदान नदिनाले हाम्रा उत्पादन महँगा छन्। केही मात्रामा दिइएको कृषि अनुदान पनि वास्तविक किसानले पाउन मुस्किल छ। यदाकदा कसैले पायो भने त्यसभित्रको यथार्थता अर्कै छ,’ सांसद भण्डारीले भने, ‘खेती गर्ने बेलामा बिउ छैन। चाहिएको बेलामा मल छैन। सिँचाई गर्न पानी छैन। उत्पादन बेच्न बजार पाउन सकिँदैन। किसानहरु ऋणमा चुलुम्म डुबेका छन्। विचौलियाले असाधारण नाफा कमाउँदा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन्। यो अवस्था अन्त्य कसरी गर्ने, कहिले गर्ने ? हाम्रा संरचनाहरु सााँच्चै नै निकम्मा भएका छन् ? गम्भीर प्रश्न उठेको छ।’

प्रकाशित: १० फागुन २०७९ १६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =