तनहुँ २ बाट कांग्रेसका शंकर भण्डारी विजयी

हिमाल प्रेस ७ मंसिर २०७९ ६:३६
4
SHARES
तनहुँ २ बाट कांग्रेसका शंकर भण्डारी विजयी

काठमाडौँ- तनहुँको २ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी विजयी भएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारी ५ हजार ४७४ मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

भण्डारीले ३० हजार ६०४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका किरण गुरुङले २५ हजार १३० मत पाएका २ नम्बर क्षेत्र निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गोविन्द उपाध्यायले बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले ५ हजार ३७३, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्रप्रताप महतले १ हजार ४२१ मत प्राप्त गरेका छन्। खसेको कूल मत ६८ हजार ८१७ रहेको छ भने ३ हजार ५८१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित: ७ मंसिर २०७९ ६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + eighteen =