सदनको गरिमा बढाउन सञ्‍चारकर्मीको भूमिका महत्त्वपूर्ण : सभामुख गौतम

हिमाल प्रेस ८ फागुन २०७९ २०:२३
10
SHARES
सदनको गरिमा बढाउन सञ्‍चारकर्मीको भूमिका महत्त्वपूर्ण : सभामुख गौतम

विराटनगर– प्रदेश १ का सभामुख बाबुराम गौतमले सदनको गरिमा बढाउन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।

सोमबार संसदीय पत्रकार मञ्च विराटनगरले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

जनताका आवाजलाई सरकारसम्म र सरकारका नीति तथा कार्यक्रम जनतासम्म पुर्‍याउने सञ्चारमाध्यम जहिले पनि गम्भीर रहनुपर्ने उनको भनाइ छ।

प्रदेशसभा सचिव गोपाल पराजुलीले मञ्च आबद्ध सञ्चारकर्मी र सदनका समाचार सम्प्रेषण गर्ने पत्रकारलाई सक्दो सचिवालयले सहज र सरल ढंगले सूचना दिने गरेको उल्लेख गरे।

मञ्चका अध्यक्ष गणेश लाम्सालको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लीलाबल्लभ घिमिरे, महासचिव विवेक गौतम, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुँइटेल र पत्रकार अर्जुन आचार्यले पनि सदन र सचिवालयको विविध पक्षमा चर्चा गरे।

कार्यक्रममा सभामुख गौतम र उपसभामुख दनुवारलाई मञ्चले खादा लगाएर स्वागत र सम्मान गरेको छ।

प्रकाशित: ८ फागुन २०७९ २०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =