बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव आजदेखि

हिमाल प्रेस ५ फागुन २०७९ ७:५८
6
SHARES
बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव आजदेखि

झापा- बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव आजदेखि हुँदैछ फागुन १५ गतेसम्म चल्ने महोत्सवको उद्घाटन आज सभामुख देवराज घिमिरेले गर्ने छन्।

महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेका अनुसार महोत्सव बिर्तामोड नगरपालिका -२ रामचौकस्थित पूर्वपश्चिम राजर्मागको उत्तरमा हुँदैछ। सभामुख घिमिरेसँगै उपसभामुख इन्दिरा राना मगर, झापा क्षेत्र २ का सांसद, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि उदघाटनसत्रमा सहभागी हुने संयोजक न्यौपानेले बताए।

महोत्सवमा करिब दुई सय स्टल रहने आयोजकको भनाइ छ । महोत्सवमा अन्तर्राष्ट्रिय औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन, दैनिक उपभोग्य वस्तुहरू, हस्तकला तथा तयारी पोशाक, प्रदर्शनमा राखिने छ । महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका व्यवसायीहरुको समेत सहभागिता रहने छ।

प्रकाशित: ५ फागुन २०७९ ७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =