संघीय शिक्षा ऐन ल्याउन प्रधानमन्त्री सक्रिय

हिमाल प्रेस २ फागुन २०७९ १६:५७
680
SHARES
संघीय शिक्षा ऐन ल्याउन प्रधानमन्त्री सक्रिय

काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा ऐन जारी गर्न सक्रिय भएका छन्। प्रधानमन्त्री दाहालले शिक्षा ऐन नहुँदा समस्या देखिएकाले प्रक्रिया अघि बढाउन शिक्षा मन्त्रालयका उच्च पदस्थ कर्मचारीलाई निर्देशन दिएका हुन्।

शिक्षा सचिव, सहसचिव, विभागीय प्रमुखलाई मंगलबार मन्त्रालयमा निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारले शिक्षा ऐन जारी गर्न नसक्दा समस्या देखिएका छन्। शिक्षा ऐन कहाँ पुगेको छ? यसलाई जारी गर्ने प्रक्रिया अघि बढाउनुपर्‍याे।’

प्रधानमन्त्री दाहालले विश्वविद्यालयको परीक्षा प्रणालीमा सुधार गर्ने कार्ययोजना बनाउन, आगामी शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पुर्‍याउन, नो अब्जेक्सन लेटर विवतरण देखिएको समस्या समाधान गर्न, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा देखिएको समस्या पहिचान गरी प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए।

मन्त्रालयका अधिकारीहरूले  स‌ंघीय शिक्षा ऐन जारी गर्न नसक्दा संघ, प्रदेश र स्थानीय तहको अधिकार बाँटफाँड हुन नसकेको, शिक्षकका समस्या समाधान हुन नसकेको विषयमा प्रधामन्त्रीको ध्यानाकर्षण गराएका थिए।

शिक्षा विधेयक रोकेर नयाँ विश्वविद्यालय खोल्न किन हतारिँदैछ सरकार?

संघीय शिक्षा ऐन जारी गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री प्रचण्ड

संसद बैठकमा सांसदले उठाए शिक्षा सुधारका मुद्दा

 

 

प्रकाशित: २ फागुन २०७९ १६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =