संसद बैठकमा सांसदले उठाए शिक्षा सुधारका मुद्दा

हिमाल प्रेस २५ पुष २०७९ १७:१४
320
SHARES
संसद बैठकमा सांसदले उठाए शिक्षा सुधारका मुद्दा

काठमाडौँ– संघीय संसदमा शिक्षा सुधार गरेमात्र देशको अवस्था सुध्रर्ने विषयमा संसदहरूले आफ्नो भनाइ राखेका छन्। निर्वाचनपछि सोमबार बसेको प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्दै सांसदहरूले शिक्षाको अवस्थामा सुधार नहुँदा अवसरको खोजिमा युवा विदेसिनु परेको बताएका छन्।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले शिक्षाको अवस्थामा सुधार नगरेसम्म देशको अवस्था नसुध्रने बताएका छन्। उनले भने,‘आम जनताको पहुँच गुणस्तरीय शिक्षामा नभएसम्म देश बन्दैन। शिक्षा ध्वस्त भए देश ध्यस्त हुँन्छ। त्रिभुवन विश्वविद्यालयको अवस्था पनि उस्तै छ।’ उनले बुढानिलकण्ठ जस्तो स्कूल सातवटै प्रदेशमा किन बनेनन् भन्ने प्रश्न गर्दै देश बनाउन पहिला शिक्षामा सुधार गर्न आवश्यक रहेको बताए।

यस्तै संसदमा बोल्दै स्वतन्त्र सांसद योगेन्द्र मण्डलले शिक्षा क्षेत्रमा समस्या भएको बताए। उनले भने,‘शिक्षा क्षेत्रमा कहाँ समस्या छ, त्यो पहिचान गरौँ। गरिवका छोराछोरी पढ्ने सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा समस्या छ। शिक्षकलाई सुविधासँग जोडेर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि गर्न सकिन्छ। यता तिर ध्यान दिउँ।’

उनले बरोजगारी समस्या समाधान गर्न शैक्षिक गुणस्तरमा नै सुधार गर्न आवश्यक रहेको बताए।

आम जनता पार्टीका अध्यक्ष प्रभुशाहले दशले भोगिरहेको शिक्षा स्वास्थ्य लगायतका समस्या समाधान गर्न आवश्यक रहेको बताए। उनले भने, ‘संसद जनताका मुद्धाप्रति उत्तरदायी बन्नुपर्छ। युवाहरू आफ्नो भविष्य नेपालमा देखिरहेका छैनन्।’

प्रकाशित: २५ पुष २०७९ १७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + twelve =