कोशीका मुख्यमन्त्री कार्की गठबन्धनको पनि मुख्यमन्त्री : प्रचण्ड

हिमाल प्रेस २७ असोज २०८० १४:०७
20
SHARES
कोशीका मुख्यमन्त्री कार्की गठबन्धनको पनि मुख्यमन्त्री : प्रचण्ड भरतपुर विमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर : रासस

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले विश्वासको मत दिने बताएका छन्। भरतपुर विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै उनले कोशीका मुख्यमन्त्री गठबन्धनका पनि मुख्यमन्त्री भएको बताए।

‘कोशीको समस्या समाधान गरिएको छ। अन्ततः यसले गठबन्धनलाई बलियो बनाउनेछ’, शनिबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सोही पार्टीका अर्का नेता डा. शेखर कोइराला र आफूबीच सहमति भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भने, ‘हामी गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौँ। अब कार्कीजी मुख्यमन्त्री हुनुभएको छ। उहाँ हामी सबैको साझा मुख्यमन्त्री हो।’

हाम्रो गठबन्धन कायम रहने भन्दै प्रचण्डले गठबन्धनकै उम्मेदवारका रुपमा नेता कार्कीलाई लिइएको बताए।

अर्को एक प्रश्नमा प्रधानमन्त्रीले कोशी प्रदेशमा सर्वपक्षीय सरकार बन्ने सम्भावना तत्काल नरहेको बताए। उनले भने, ‘सम्भावना हुन सक्छ। तर अहिले नै हुन्छ भन्न सकिँदैन। गठबन्धनकै सरकारले त्यहाँ निरन्तरता पाउनेछ।’

प्रकाशित: २७ असोज २०८० १४:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seven =