सत्तारूढ उच्चस्तरीय संयन्त्रको बैठक : रास्वपालाई सरकारमा सहभागी हुन आग्रह

हिमाल प्रेस २७ माघ २०७९ १२:२३
14
SHARES
सत्तारूढ उच्चस्तरीय संयन्त्रको बैठक : रास्वपालाई सरकारमा सहभागी हुन आग्रह

काठमाडौँ- सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरेको हो।

सरकारलाई समर्थन गरेको रास्वपा गृह मन्त्रालयको विवादका कारण  सरकारबाट बाहिरिएको थियो।

संयन्त्रको बैठकमा सरकारका कामकारबाहीको समीक्षा, मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा छलफल भएको थियो।

बैठकमा संयन्त्रका संयोजक एमाले अध्यक्ष केपी ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपा सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =