प्रचण्डले हामीलाई सरकारमा बोलाएको थाहा छैन : झलनाथ खनाल

हिमाल प्रेस २६ माघ २०७९ १९:३१
8
SHARES
प्रचण्डले हामीलाई सरकारमा बोलाएको थाहा छैन : झलनाथ खनाल फाइल तस्बिर/हिमाल प्रेस

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूहरू अहिले नै सरकारमा नजाने बताएका छन्।

बिहीबार निर्वाचन प्रणाली सुधारको सम्बन्धमा निर्वाचन आयोगले राखेको छलफलमा उपस्थित हुन सिंहदरबार पुगेका खनालले सञ्चारकर्मीहरूसँग यस्तो बताएका हुन्।

‘सरकारले राम्रो काम गरुन्जेल अथवा नराम्रो काम नगरुन्जेल सरकारलाई हाम्रो समर्थन रहन्छ। तर अहिले नै सरकारमा जाँदैनौं,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले सञ्चारकर्मीहरूसँग भने।

सरकारलाई आफूहरूले दिएको समर्थन जारी रहने बताउँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एसलाई सरकारका आउन गरेको आग्रहबारे आफूलाई थाहा नभएको स्षप्ट पारे।

प्रकाशित: २६ माघ २०७९ १९:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − five =